×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा निषेधाज्ञा खुकुलो बनाइँदै, मंगलबारबाट ढाँचा परिवर्तन हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मकवानपुरमा निषेधाज्ञा खुकुलो बनाइँदै, मंगलबारबाट ढाँचा परिवर्तन हुने

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । मकवानपुरका स्थानीय तहमा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सबैतिरबाट विरोध भएपछि निषेधाज्ञालाई खुकुलो बनाउनका लागि मंगलबारबाट ढाँचा परिवर्तन हुने भएको छ ।  निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय भएको छ  । बिहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल सञ्चालन गर्न दिने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन हुन दिने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
‘खाद्यान्नलगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा यसअघिदेखि नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरका निषेधाज्ञा जारी भएका स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने प्रजिअ नेपालले बताए । मकवानपुरमा साउन २६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी