- अर्थ सरोकार सम्बाददाता
भरतपुर । कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । अस्पतालका कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलले भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको हो ।योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।