- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित हुने कैदीबन्दीको संख्या ५० पुगेको बताइएको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा र आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको बताइएको छ ।