×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा एकैदिन १०२ जनामा सङ्क्रमण पुष्टी, जिल्लामा कुल संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चितवनमा एकैदिन १०२ जनामा सङ्क्रमण पुष्टी, जिल्लामा कुल संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा एकैदिन १०२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । शनिबार मात्रै जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । 
यस्तै होजी मात्रै दुई जना संक्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेका छन् । चितवनमा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ ।
जसमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी