काठमाडौँ । पश्चिम तराईको कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकका लागि मात्र होइन, दुर्लभ पन्छी र वन्यजन्तुका लागि पनि रोजाईको केन्द्र बनेको छ । खासगरी बाह्रसिंङ्गेका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले दुर्लभ पन्छीहरुका लागि पनि प्रसिद्ध बनेको छ ।
वर्षायाम सुरु हुन लागेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालमै दुर्लभ मानिने इग्रेट, ब्ल्याक विङ्गड स्टिल्ट, कमन स्नाइप, युरोपियन स्टोनच्याटजस्ता पन्छीहरु देखिन थालेका छन् । यी पन्छीहरु नेपालमा दुर्लभ मानिन्छन् ।
यी पन्छीहरु आहारा र सुरक्षित बासस्थानको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेको पन्छीविद्हरुले बताएका छन् । दुर्लभ पन्छीहरु पनि देखि थालेपछी अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पन्छी अवलोकन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि बढेका छन् । यसले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै कैलाली/कञ्चनपुरसहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुगेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पन्छीसँगै गिद्ध, चिल, बाह्रसिङ्गे, मृग, हात्ती, बाघ, लगायतका जङगली जनावरहरु पनि देख्न सकिन्छ । (तस्विरः अर्थ सरोकार डटकमकुलराज चौधरी)