×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि !

Artha Sarokar

८ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि भएको छ । बैंकका सञ्चालक डा. चन्द्रबहादुर अधिकारीले ऋणीसँग घुस लिएको पुष्टि भएको हो । 

पदको दुरुपयोग गर्दै ऋणीलाई बैंकबाट ऋण मिलाइदिने भन्दै अधिकारीले घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले सञ्चालक अधिकारीलाई कारवाही गर्ने निर्णय गरेको छ । 

उनलाई राष्ट्र बैंक ऐनअनुसार सञ्चालक समितिले पाँच लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसँगै पदबाट बर्खास्त गर्नेसहितको पत्र नेपाल बैंकलाई पठाएको राष्ट्र बैंकको अधिकारीले बताएका छन् । घुस प्रकरण बाहिरिनुअघि उनी नेपाल बैंकका अध्यक्ष थिए । घुस प्रकरणमा विवादित बनेपछि उनलाई अर्थ मन्त्रालयले अध्यक्ष पदबाट हटाएको थियो । 

घटना के हो ? 
बैंकका सञ्चालक (तत्कालीन अध्यक्ष) अधिकारीले अध्यक्ष हुँदा नै ऋणीबाट घुस लिएको चर्चा चलेको थियो । ऋण मिलाइदिने भन्दै घुस लिएको भन्दै केही ऋणी अधिकारीविरुद्ध उजुरी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकसम्म पुगेका थिए । 

ऋणीहरुको उजुरी र तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध व्यापक गुनासो आएपछि राष्ट्र बैंकले उक्त प्रकरणमा छानबिन अघि बढाएको थियो ।  

छानबिनमा अधिकारीले कर्जा प्रवाह गर्दा ऋणीबाट घुसबापतको रकम लिन आफ्नो नभएर आफ्नो ड्राइभरको बैंक खाता प्रयोग गरेको खुलेको छ । त्यसबेला उनले ड्राइभरको खातामार्फत ऋणीसँग करिब ३० लाख रुपैयाँ घुस असुलेको चर्चा चलेको थियो । छानबिनमा पनि अधिकारीले घुस रकम लिन ड्राइभरको खाता प्रयोग गरेको पुष्टि भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक समेत रहेका अधिकारीलाई तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बैंकको अध्यक्ष नियुक्त गरेका थिए । घुस प्रकरणमा विवादित बनेपछि उनलाई अध्यक्ष पदबाट हटाइएको थियो । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी