×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथका अध्यक्ष भरतराज ढकालको ‘कर्तुत’, ‘मनपरी’ले हद नाघेपछि राष्ट्र बैंकले गर्यो कारवाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथका अध्यक्ष भरतराज ढकालको ‘कर्तुत’, ‘मनपरी’ले हद नाघेपछि राष्ट्र बैंकले गर्यो कारवाही

Artha Sarokar

११ बैशाख २०८२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गरेको छ । प्रचलित कानूनी व्यवस्था विपरीत चलेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो । तर, यसपटकको कारवाहीमा एक फरक परिदृश्य देखिएको छ । जसले ‘इमान्दार भनिएका’ अध्यक्षको इमान्दारितामाथि प्रश्न मात्रै उठाएको छैन, बरु राम्रो भनिएको बैंकभित्र कुन हदसम्म मनपरी हुँदो रहेछ भन्ने तथ्य पनि उजागर गरिदिएको छ । 

प्रसंग हो मुक्तिनाथ विकास बैंकबैंकका अध्यक्ष भरतराज ढकालको । भरतराज ढकाल निकै इमान्दार अध्यक्षका रुपमा परिचित थिए । तर, उनले नै प्रचलित कानूनी व्यवस्थाको धज्जी उडाउँदै आफ्नै बैंकको भवन निर्माण समितिको संयोजक बनेर राष्ट्र बैंकको एकीकृत निर्देशन कुल्चदैँ हदैसम्मको ‘नन कम्प्लाइन्स’ हुनेगरी काम गरेको पाइएको हो । 

नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा ढकालको यस्तो बदमासी भेटिएको थियो । यसो त नियामकीय सुपरीवेक्षण भन्दा पनि अगाडि ढकालले बैंकलाई अपठ्यारोमा पार्ने र मनमौजी गर्नेगरी समितिमा बसेको भन्दै राष्ट्र बैंकमा मौखिक उजुरी परेको थियो । बैंककै एक सञ्चालकले अध्यक्ष ढकालकै कारण बैंकमा गलत कामले प्रसय पाएको र ढकाललाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्र बैंक गुहारेका थिए । त्यसपछि ढकालको गलत कामलाई ‘नोटिस’मा लिएको राष्ट्र बैंकले सुपरीवेक्षणका क्रममा यो तथ्य खोतल्दै कारवाही सिफारिस गरेको थियो । अन्ततः राष्ट्र बैंकले ढकाललाई नसिहत दिनेगरी कारवाही गरेको छ । 

यो प्रकरणका बारे गाइँगुइँ चलेपछि ढकालले बैंक अध्यक्षको पद छोडेका थिए । नेपाली बैंकिङ क्षेत्रमा इमान्दार मानिने ढकालको यस्तो ‘चर्तिकला’ देखेर नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यरत बैंकरहरु नै अचम्मित परेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार ढकाललाई नगद जरिवानासमेत गराउन लागिएको थियो । तर, ढकालले यसअघि ‘देखिने गरी’ ठूलो बदमासी नगरेकोले एकपटकका लागि नसिहत दिनेगरी कारवाही गरिएको हो । 

यद्यपि बैंकको अध्यक्ष पद छोडेकै कारण उनको ‘बदमासी’ बाहिर नल्याउने बैंकको योजना भने बिफल भएको छ । उनीमाथि गरिएको कारवाहीले उनको बदमासी मात्र उजागर भएको छैन, बैंकमा कुन हदसम्मको मनपरी हुनेगरेको छ भन्ने विषय पनि उदांगिएको छ ।

पछिल्लो समय मुक्तिनाथ विकास बैंकका एकपछि अर्का ‘काण्डहरु सार्वजनिक भइरहेका छन् । केही समयअघि मात्रै पनि बैंकले नक्कली धितो राखेर करोडौँ कर्जा प्रवाह गरेको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेको थियो । यति मात्र होइन, सोही बैंकले अर्काको नागरिकता प्रयोग गरेर खाता खोली ह्याकरले करोडौँको कारोबार गर्दा पनि थाहा नपाएको विषय समेत अर्थ सरोकारले ‘ब्रेक’ गरेको थियो । 

बैंकका सूचना अधिकारी तिल गुरुङले बैंकका पूर्वअध्यक्ष ढकालमाथि कारवाही भएको तर नगद जरिवाना भने नभएको बताएका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका गुरुङले बाहिर चर्चा चलेजस्तो आर्थिक जरिवाना नभएको तर ढकालमाथि कारवाही भएको भने सत्य रहेको बताएका छन् । 

आखिर ढकालजतिको इमान्दार कहलिएको व्यक्तिले किन यस्तो ‘बदमासी’ गरे ? नियम कुल्चेर भवन समितिको संयोजक बन्ने उनको नियत के थियो ? यस विषयमा ढकालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नै आएनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी