- अर्थ सरोकार सम्बाददाता
धादिङ । एनआइसी एशिया बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धादिङस्थितको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको छ । जिल्लास्थित लक्ष्मी लघुवित्त र साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थाक्रे गाउँपालिकालेसमेत संचालनमा रहेका बैंकहरुलाई सेवा बन्द गर्न निर्देशन दिएको छ ।