- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ भदौ १३ गते (शनिवार) बाँडफाँड हुने भएको छ । प्राप्त भएको जानकारी अनुसार उक्त आइपिओमा १४८.८९ गुणा बढी आवेदन परेको छ ।
संस्थाको उक्त आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। संस्थाको आइपीओ गोलाप्रथा प्रणालीबाट बाँडफाँट हुनेछ । जसमा ८ हजार ७० जना ले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी ५ लाख ५८ हजार ४ सय ३ जनाको खाली हुनेछ।
संस्थाले ८६ हजार कित्ता आइपीओ भदौ ४ गतेदेखि बिक्री खुल्ला गरेको थियो। संस्थाले जारी गरेको आइपिओमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदनदिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्