काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा- नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुंगा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भईरहेको छ । नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढंगा-राम कोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: