काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछाएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।
महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कङ्क्रिट बिना नै नयाँ ढुङ्गा बिछाएको थियो तर विद्युत प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन: खन्न थालिएको हो ।
विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटक मार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर परेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्: