- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल व्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डको लाभांश घाेषणा गरिएकाे छ ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल व्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९% र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६% लाभांश दिने निर्णय गरेको छ ।
नबिल व्यालेन्स फण्ड-२ले आफ्नो इकाईधनीहरुलाई १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्नेछ ।