
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टी भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखि परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रयाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनु भयो । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टी भएको छ भने ३८ जना संक्रमण मुक्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्