×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! सुन्दर अन्तु डाँडा… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आहा ! सुन्दर अन्तु डाँडा… (तस्विरहरू)

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इलाम जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य अन्तु डाँडामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ । देश-विदेशबाट आउने पर्यटकहरूको रोजाइमा पर्न थालेको अन्तुमा होटल तथा होमस्टे व्यवसायले उल्लेखनीय प्रगति गरेको छ ।

सुन्दर प्राकृतिक दृश्य, सूर्योदय अवलोकनका लागि प्रसिद्ध, र छोटो समयमा परिवर्तन हुने मनमोहक मौसमले अन्तु डाँडालाई थप आकर्षक बनाइदिएको छ । एकछिनमा बाक्लो तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसम पर्यटकका लागि विशेष अनुभव बन्छ ।

स्थानीय समुदायको सहभागितामा सञ्चालित स-साना कटेज र होमस्टेले यहाँको पर्यटनलाई थप प्रोत्साहन दिएको छ । यसले ग्रामीण आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी