Skip to content
LAXMI SUNRISE BANK

बागलुङमा एक वर्षिया बालिकासहित ८ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो ।ट्रेसिङमा परेका र बानपाकै गुठीमा लमजुङबाट आएका नेपाली सेनाका जवानमा संक्रमण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो। संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK