- अर्थ सरोकार सम्बाददाता
विराटनगर । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण न्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेका छन् । उच्चका सूचना अधिकारी सुवेदीले न्यायाधीशमा कोरोना पुष्टी भएपनि अदालतको काम कारबाही भने नियमित नै चल्ने बताए । यसअघि पनि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना पुष्टी भएको थियो ।