Skip to content
LAXMI SUNRISE BANK

नुवाकोटका ६ पालिकामा निषेधाज्ञा थप गरियो, जिल्लामा संक्रमितको संख्या ७८ पुग्यो

अर्थ सरोकार

नुवाकोट

  • अर्थ सरोकार सम्बाददाता 

नुवाकोट ।  कोरोना संक्रमण रोक्न नुवाकोटका ६ पालिकामा निषेधाज्ञा थप गरिएको छ । ती पालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार साँझ बसेको बैठकले बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७, ८, १२ र १३, लिखु गाउँपालिकाको ४ देखि ६ वडा, तादीका ३ र ५, शिवपुरीका ६ देखि ८, ककनी गाउँपालिकाका १, २, ४ र ६ तथा तारकेश्वर गाउँपालिकाका वडा नं २, ४ र ५ मा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

ती क्षेत्रमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । नुवाकोट सदरमुकाम विदुरमा समय तोकेर आंशिक खुला गरिएको छ । जिल्लामा अहिलेसम्म ७८ जना संक्रमित छन् । तीमध्ये ६६ जना निको भई घर फर्केका छन् । १२ जना आइसोलेसनमा उपचारत छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK