- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा २ करोड ४० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा असर पुगेका यी १५ मुलुक :
देश संक्रमित निको भएका मृत्यु भएका
अमेरिका ५९,५५,७२८ ३२,५४,२८२ १,८२,४०४
ब्राजिल ३६,७४,१७६ १८,४८,३९५ १,१६,६६६
मेक्सिको ५,६८,६२१ ३,९३,००० ६१,४५०
भारत ३२,३५,००० २४,६८,००० ५९,६३२
बेलायत ३,२७,००० – ४१,४४९
इटाली २,६१,००० २,०६,००० ३५,४४५
फ्रान्स २,४८,००० ८५,५२४ ३०,५४४
स्पेन ४,२३,००० – २८,९२४
पेरु ६,०७,००० ४,१४,००० २८,०००
इरान ३,६३,००० ३,१३,००० २०,९०१
कोलम्बिया ५,६२,००० ३,९५,००० १७,८८९
रसिया ९,६६,००० ७,७९,००० १६,५६८
दक्षिण अफ्रिका ६,१३,००० ५,२०,००० १३,३०८
चिली ४,००,००० ३,७४,००० १०,९५८
बेल्जियम ८२,४४७ १८,२९१ ९,९९६