Skip to content
LAXMI SUNRISE BANK

आइसोलेसनबाट भागेका संक्रमित युवा नुवाकोटमा भेटिए, नुवाकोटकै आइसोलेसनमा राख्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवा फेला परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ। प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK