
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । विभिन्न ठाउँमा तास खेलिरहेका १४ जना जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीले छुट्टाछुट्टै स्थानमा छापा मार्दा उनीहरुका साथबाट नगद २ लाख ५२ हजार ७३५ रुपैयाँ र केही थान ताससहित पक्राउ गरेको हो ।
काठमाडौंको बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई पक्राउ गरिएकोहो । उनीहरुका साथबाट नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक ताससमेत बरामत भएको छ ।
यस्तै प्रहरीले कलंकीस्थित एडभेन्चर होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवनका सोही होटलका सञ्चालक ३२ बर्षीय कृष्ण अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्