×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

कोरोनाबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

वीरगञ्ज
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । कोरोना संक्रमणको कारण बाराका दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।  
कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: