×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरालो लाग्यो सिजी फुड्सको व्यापार, अघिल्लो वर्ष ८ अर्बको कारोबार, यो वर्ष घटेर ५ अर्बमा झर्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ओरालो लाग्यो सिजी फुड्सको व्यापार, अघिल्लो वर्ष ८ अर्बको कारोबार, यो वर्ष घटेर ५ अर्बमा झर्यो !

Artha Sarokar

१६ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाईको व्यापारमा गिरावट आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।

इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो ।

आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो । यसको प्रमुख कारण चाउचाउ बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ ।

पछिल्लो समय ‘कोरियन स्टाइल’ वा ‘स्पाइसी’ नुडल्सको लोकप्रियताले बजार पाउँदा पारम्परिक ‘ब्राउन’ वाइवाईले प्रतिस्पर्धा गर्न नसकेको देखिएको रेटिङ रिपोर्टमा उल्लेख छ । बजारमा नयाँ ब्रान्डहरू तीव्र रूपमा उदाउँदै गर्दा वाइवाईले आफ्नो पुरानो मोडल परिवर्तन गर्न ढिलो गर्यो । यद्यपि कम्पनीले नयाँ स्पाइसी उत्पादनहरू ल्याउने प्रयास थालेको पनि बजारमा खासै प्रभाव जमाउन छैन । आव २०२४ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन ९.९ प्रतिशत थियो भने चालू वर्षको पहिलो ९ महिनामा यो घटेर ६ प्रतिशतमा सीमित भएको छ  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी