
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जमा थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।
मुटुसम्बन्धी समस्या आएपछि उनी तराई अस्पताल पुगेका थिए । उनी आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उनको एक्स–रे रिपोर्टमा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार आइरहेको थिएन । अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्