×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २१.११ अंकले बढ्यो बजार, होटल्सबाहेक सम्पूर्ण उपसुचकमा हरियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार २१.११ अंकले बढ्यो बजार, होटल्सबाहेक सम्पूर्ण उपसुचकमा हरियाली

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार २१.११ अंकले बढेर १४३१.४५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १३ करोड ९२ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १३ करोड ७२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको भएको छ ।
यता, आइतबारको कारोबारमा होटल्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै छ्यांदी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी