×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाखको मृत्यु दाबी भुक्तानी

PRIME CA

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाखको मृत्यु दाबी भुक्तानी

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखाले १२ लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ । रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी स्व. आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाा बीमाङ्क रकम, काजक्रिया खर्च ५० हजारसहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो ।
मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् । उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो । दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राईको सः परिवारको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: