Skip to content
LAXMI SUNRISE BANK

नेपाल पत्रकार महासंघद्वारा निशुल्क पीसीआर परीक्षणको माग, संक्रमित पत्रकारको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पत्रकार महासँघले कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले पत्रकारहरुलाई निशुल्क पीसीआर परीक्षणको माग गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निशुल्क पीसीआर परीक्षण गरिदिन माग गरेको हो ।
अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाइदिन महासंघले सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ। “फिल्डमै खटिनुपर्ने अथवा कार्यालय जानैपर्ने अवस्था भए स्वास्थ्य सामग्रीको प्रयोग गर्ने वातावरण मिलाउन आग्रह गरिन्छ”, विज्ञप्तिमा उल्लेख छ । महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार, अहिलेसम्म देशभर ३० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK