×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा थप १० जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ मा थप १० जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । प्रदेश नम्बर २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवसहित एक निजी अस्पतालका १० जना कर्मचारी कोरोना संक्रमण पुष्टी भएको छ । कानुनमन्त्री यादवका स्वकीय सचिवसहित स्थानीय काव्या अस्पताल प्रालिका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको क्रममा आइतबार आएको नतिजा अनुसार उनीहरु संक्रमित रहेको जनाइएको छ । यस्तै जनकपुरधामको काव्या अस्पतालका एकजना चिकित्सकसहित आइसीयूका ७ जना स्वास्थ्यकर्मी र प्रशासनका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले आइसोलेसनमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी