×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

Artha Sarokar

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आज (भाद्र ७ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एनएमबि बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले श्रावण २५ र कम्पनी रजिष्ट्रार कार्यालयले श्रावण २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै बैंककाे असार २१ गते आइतबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी