Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको नाफा ३ गुणाले बढ्यो

अर्थ सरोकार

सिद्धार्थ बैंकले कुल १ अर्व ८६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो बर्षको तुलनामा २२० प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको वितरित गर्न योग्य नाफा केवल ५८ करोड रुपैयाँ मात्र थियो।

बैंकले रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । यसरी रकम छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएकोछ।

बैंकको कुल नाफा ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँले बढी हो । बैंकको निष्क्रिय कर्जा अनुपात पनि २.६२ प्रतिशतमा झरेको छ ।
बैंकको खुद व्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकको कुल निक्षेप १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

बैंकले प्रकाशन गरेको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) २४.१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१९.९७ रुपैयाँ, तथा पुँजीकोष अनुपात ११.७७ प्रतिशत भने बैंकको ब्याजदर स्प्रेड ३.९८ प्रतिशतमा छ, भने औसत कर्जा ब्याजदर ६.४२ प्रतिशत छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK