
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षासहित ४ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री श्रेष्ठले आज शुक्रबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
उनले स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ ।
मन्त्रिपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँड गरेका थिए । रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्