×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको रकम हिनामिनाको आरोपमा पक्राउ परेकी निर्मला बैंककै घरभेटीकी छोरी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको रकम हिनामिनाको आरोपमा पक्राउ परेकी निर्मला बैंककै घरभेटीकी छोरी !

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकमा २ करोड ८५ लाख रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेकी निर्मला साउद बैंककै घराभेटीकि छोरी रहेको खुलासा भएको छ । दार्चुलाको गोकुलेश्वर स्थित महालक्ष्मी विकास बैंकमा ग्राहकले जम्मा गरेको रकम हिनामिनाको प्रकरणमा अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकी निर्मला साउद सोही बैंक भाडामा बस्ने घरकी घरभेटीकी छोरी रहेको खुलासा भएको हो ।

प्रहरीका अनुसार आफ्नै घरमा बसेको बैंकमा उनले केही समयअघि देखि जागिर खाँदै आएकी थिइन् । सोही घरको तल्लोपट्टि उनकै आफन्तले चलाएको फेन्सी पसलसमेत छ । निर्मला सन् २०१९ देखि सो बैंकमा काम गरिरहेकी छिन् । 

‘निर्मला रकम घोटाला गर्नुपर्ने परिवारकि मान्छे होइन । उनकै घरमा बैंक बसेको हो । परिवारको व्यवसाय पनि छ । उनकै पनि जागिर थियो ।’ उनलाई नजिकबाट चिन्ने उनकी एक साथीले अर्थ सरोकारसँग भनिन्, ‘हुन त पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने त उखान नै छ, र पनि उनले घोटाला नै गरिन् भनेर हामीलाई पत्याउन गाह्रो भइरहेको छ ।

अर्थ सरोकारको सम्पर्कमा आएकी उनले शाखा प्रबन्धक सागर शाहीको हाउभाउ र व्यवहार भने पहिलादेखि नै शंकास्पद रहेको दाबी गरेकी छिन् । ‘उहाँ चिया पसलमा पनि वान एक्स बेटका कुरा गरिरहनुहुन्थ्यो । फलानोले यति कमायो भनिरहनुहुन्थ्यो । त्यही सुनेर अरुको मन लोभियो वा के भयो त्यो अनुसन्धानले बताउला । तर यो घटनाको माष्टर माइन्ड निर्मला हुन सक्दिनन् ।’ उनले भनिन् ।

सो बैंकमा रकम घोटाला भएको समाचार सुरुमा अर्थ सरोकारले ब्रेक गरेको थियो ।              

रकम हिनामिनाको आरोपमा प्रहरीले हाल निर्मलासहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा निर्मलासँगै गोकुलेश्वर शाखाका शाखा प्रबन्धक सागर शाही, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । बैंकले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिएका छन् । डिएसपी दाहालका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ घर भएकी निर्मला साउँद बैंकको गोकुलेश्वर शाखामा नगद विभागमा कार्यरत थिइन् । बैतडीको पुर्चौडी नगरपालिका–३ का अम्बादत्त पन्त भने ग्राहक सहायता कक्षमा कार्यरत थिए । त्यस्तै, कैलालीको भजनी नगरपालिका–७ स्थायी घर भएका सागर शाही गोकुलेश्वर शाखाका शाखा प्रबन्धक थिए भने दार्चुलाको लेकम गाउँपालिका–१ घर भएका धनन्जय पन्त कर्जा विभागमा कार्यरत थिए ।

पक्राउ परेका उनीहरुले बैंकमा अन्य बदमासीसमेत गरेको हुन सक्ने कोणबाटसमेत अनुसन्धान भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी