×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा कमाउने लोभले भएको पैसा पनि स्वाहा ! एक क्लिकमै गुम्यो ८० करोड ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा कमाउने लोभले भएको पैसा पनि स्वाहा ! एक क्लिकमै गुम्यो ८० करोड ! (भिडियोसहित)

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार, पछिल्लो समय धेरैले नबुझेको तर धेरैको चासो भएको विषय हो यो । अझ कतिपयलाई त सेयर बजारमा पैसा लगाएपछि पैसा सात दिनमै डेढी हुन्छ, १० दिनमै डबल हुन्छ भन्ने भ्रम छ । यही भ्रम र अज्ञानताको फाइदा उठाउँदै अहिले सेयर बजारमा कमाउन सिकाउने भन्दै फेसबुकमा विज्ञापन गर्ने र सो विज्ञापन क्लिक गर्ने बित्तिकै ग्राहकको बैंक खाता नै ह्याक गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । र आज हामी सेयर बजारका नाममा भईरहेको त्यस्तै एउटा ठगीबारे तथ्य खोल्दैछौँ

केही समय अघि फेसबुक फीडहरुमा नेप्से एआई नामक एप डाउनलोड गर्न भन्दै खुब विज्ञापन देखियो । सेयर बजारमा कुन सेयर किन्ने र कुन कहिले बेच्ने भन्ने कुरा सिकाउने भन्दै प्रचार गरिएको सो विज्ञापन खासमा भाइरस थियो । जसजसले सो एप इन्स्टल गरे, त्यहाँ रहेको भाइरसले मोबाइल वा ल्यापटपमा रहेको मोबाइल बैंकिङको एक्सेस लियो र पैसा धमाधम झ्वाम पार्यो । जति बेला आफ्नो खातामाबाट पैसा काटिएको मेसेज आयो तबसम्म सो एपको लिंक क्लिक गर्नेहरु फसिसकेका थिए र उनीहरुको ठुलो पैसा गुमिसकेको थियो । अझ खास कुरा त के छ भने यसरी सो एप डाउनलोड गर्न लगाएर सोझा र लोभी नेपालीहरुबाट ह्याकरले ८० करोड ठगीसकेको रहेछ । ग्राहकको बैंक खातामा रहेको ८० करोड रुपैयाँ ह्याकरले लगेर त्यसको प्रमाणसमेत नष्ट गरिसकेको रहेछ । यतिसम्मकि सो रकम कहाँ पुग्यो कसको खातामा पुग्यो भन्ने प्रमाणसमेत नष्ट भइसकेको छ । अव प्रहरीले चाहेर पनि ह्याकरसम्म पुग्ने स्थिति छैन । यस्तो खतरा ह्याकिङ सिस्टम बनाएर नेपालीहरुको बैंक खाता ह्याक भइरहेको छ ।                

नेपाली साइबर सुरक्षा विज्ञ सरोज लामिछानेले नेप्से एआई नामक अपरिचित एप डाउनलोड गर्न लगाएर अहिलेसम्म ८० करोड रुपैयाँभन्दा बढी चोरी भएको खुलासा गरेका छन् ।  उनका अनुसार सो एपले बैंकिङ डाटामा एक्सेस राखेर पैसा चोरी गरिरहेको छ ।

जसजसले सेयर बजारबाट पैसा कमाउने लोभमा सो एप डाउनलोड गरे, उनीहरुको मोबाइल सिष्टम नै ह्याक भयो । त्यसपछि लगत्तै सो एप नै हराउने गरेको छ । अनि त, मोबाइलमा भएका इमेल, बैंक खाता, वालेट सबैको एक्सेस ह्याकरले पाउँछ । एक क्लिकमै सबै पैसा गायब !   

यति सम्मकी ह्याकरले यस्तो एप डाउनलोड गर्नेको डाटामात्रको एक्सेस लिएको छैन, बरु ल्याबटप नै पूरै फर्म्याट गरिदिएको छ । अर्थात तपाईंले थाहा नै नपाई तपाईंको मोबाइल बुट हुन्छ, ल्याबटप फम्र्याट हुन्छ, सबै पैसा स्वाहा हुन्छ, सबै प्रमाण नष्ट हुन्छ । त्यो पनि मात्र एक क्लिकमा ।    

यसो त फेसबुकमा यस्तो खतरनाक एप भेटिएको यो पहिलो पटक भने होइन । जव जव सेयर बजार बढ्छ, तव तव यस्ता फेक एप बनाएर लोभ्याउने र पैसा ह्याक गर्ने प्रवृति बढेको छ । प्रमाण नै नष्ट हुने हुनाले प्रहरी त्यस्ता ह्याकरसम्म पुग्न नै सकिरहेको छैन । अर्कोतर्फ, प्रहरीमा यति धेरै उजुरी छन् कि प्रहरीले तपाईं हाम्रा ससाना उजुरी हेरेर नै भ्याउदैन । त्यसैले यस्ता ह्याकिङबाट तपाईं हामी स्वयम् नै जोगिन आवश्यक छ ।

ह्याकिङबाट जोगिन के गर्नुपर्छ त ?
१. पहिलो नम्बर त फेसबुकमा आएका विज्ञापनहरु क्लिक गर्ने नै होइन । मात्र एक क्लिकले तपाईंले जीवनभर कमाएको पैसा स्वाहा हुन सक्छ । त्यसैले कुनै पनि लिंक क्लिक गर्नुअघि १० पटक सोच्न आवश्यक छ ।

२. सेयर बजारमा सजिलै पैसा कमाइन्न । सेयर बजार सजिलोसँग पैसा कमाउने ठाउँ हुँदै होइन । यस विषयमा पनि हामी सचेत हुनुपर्छ । बर्षौं बर्ष यहि सेयर बजारमा लाग्नेहरुले त करोडौं गुमाएका छन् भने कुनै एआईले सेयर बजारमा कमाउन सिकाउने भन्ने हुँदै हुँदैन । त्यसैले त्यस्ता एपहरु डाउनलोड नगर्नुहोस् ।

३. आफ्नो कम्प्युटर वा मोबाइलमा केहि समस्या भए साथीभाईलाई हामी एनी डेस्कबाट हेरिदिन भानिहाल्छौँ । अझ इन्टरनेट नचल्दा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीले त एनी डेस्क मागीहाल्छन् । झुक्किएर पनि त्यस्तालाई एनी डेस्क नदिनुहोला । एनी डेस्कमात्र होइन, टिमभ्युअर जस्ता माध्यमबाट रिमोट एक्सेस नदिनुहोला।

३. फेसबुक, वा कुनै पनि सामाजिक संजाल वा कनेक्ट आईपीएसमा टु फ्याक्टर अथेन्टिकेसन कोडका लागि एसएमएस प्रयोग गर्नुहोला । धेरैले इमेल राखेर टु फ्याक्टर अथेण्टीकेसन प्रयोग गरिरहेका हुन्छन्, जुन सरासर ह्याकरलाई निम्तो दिनुजस्तै हो । इमेल सजिलै ह्याक हुने हुनाले ख्याल गर्नुहोला । 

४. आफुले प्रयोग गर्ने सोसल मिडिया वा बैंक खातामा पासवर्डहरु नियमित परिवर्तन गर्नुपर्छ । हामीमध्ये कतिले आफ्नो मोबाइल नम्बर, काठमाडौँ १२३ जस्ता सजिला पासवर्ड प्रयोग गर्छौँ, जुन गर्नु हुँदैन । बलियो पासवार्ड प्रयोग गर्नुपर्छ । अझ हामीमध्ये कतिपयको बानी त फेसबुक, ट्वीटर टिकटक, इसेवा, खल्ती, कनेक्ट आईपीएस सबैतिर एउटै पासवर्ड राख्ने गरेका छौं । त्यसो गर्नु भनेको ह्याकरलाई सजिलो बनाउनु हो ।

५.   आफ्नो बैँक स्टेटमेन्ट दैनिक रूपमा जाँच जांच गर्नुपर्छ । यहाँ तपाईंको खाता अरु कसैले प्रयोग गरेको पनि हुनसक्छ, त्यसमा ख्याल गर्नुपर्छ । शंकास्पद गतिविधि देखिएमा तुरुन्त रिपोर्ट गर्नुपर्छ । 

६. आफ्नो डिभाइस अपडेटेड राख्नुपर्छ र सकेसम्म एन्टिभाइरस तथा एन्टिमालवेयर इन्स्टल गर्नुपर्छ । 

नत्र त तपाईंले जीवन भर कमाएको पैसा एकैपटकमा स्वाहा हुन्छ । त्यसैले ख्याल गर्नुहोस्, सचेत रहनुहोस् । तपाईंको पैसा ह्याक गर्न ह्याकरहरु दिनरात मेहेनत गरिरहेका छन्, तपाईं सजग बन्नु नै तपाईंको बुद्धिमानी हो । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी