×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ बैंकको ब्याजदर स्थिर, ८ बैंकले घटाउँदा १ बैंकले भने बढायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११ बैंकको ब्याजदर स्थिर, ८ बैंकले घटाउँदा १ बैंकले भने बढायो

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले साउनको तुलनामा ब्याजदर थप घटाएका हुन् ।  बैंकहरुको ब्याजदर ०.११ प्रतिशतले घटेर ५.५७ प्रतिशत कायम भएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ ।

कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् ।

राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।

ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ । प्रभुले भने साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी