
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भएसँगै काठमाडौं उपत्यकाका पसलहरु पनि बन्द भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरात देखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावस्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो । बाँकी फोटोमा…










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्