काठमाडौँ । सेयर लगानीकर्ता एवम् चार्टर्ड एकाउन्टेन्ट मनिष अर्यालले १५ मिनेटको सिस्टमले सेयर बजारलाई अर्गानिक रुपमा बढ्न नदिएको बताएका छन् । अर्थ सरोकार डटकममा टेलिभिजन कार्यक्रम ‘बजार विमर्श’मा बोल्दै अर्यालले यस्तो बताएका हुन् ।
यसो त १५ मिनेटको सिस्टम ल्याउनुको कारण अप्राकृतिक रुपमा हुने चलखेल र म्यानुपुलेसन कम गर्नु भए पनि १५ मिनेटकै कारण लगानीकर्ताको सेन्टिमेन्ट घट्दा त्यसको प्रभाव बजारमा परेको अर्यालले बताएका छन् । ‘१५ मिनेटको नियम नै गलत भन्ने होइन, तर हाम्रो मार्केटमा यसले लगानीकर्ताको सेन्टिमेन्ट बिगारेको छ ।’, उनले भने, ‘खारेज गर्ने नै भन्ने होइन तर परिमार्जन गर्नुपर्छ ।’
त्यस्तै, उनले १५ मिनेटको नियम परिमार्जन गर्नुपर्ने बताएका छन् । नियामक सोझा लगानीकर्ता फस्नबाट जोगाउनेतर्फ केन्द्रित हुनुपर्नेमा ट्रेडिङलाई निरुत्साहित गरेको अर्यालले बताएका छन् । अर्यालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः