Skip to content
LAXMI SUNRISE BANK

मेरो सेयर तथा सि-आस्बा सेवा ६ घण्टा अवरुद्ध हुने

अर्थ सरोकार

काठमाडौँ । मेरो सेयर तथा सि-आस्बा सेवा ६ घण्टा अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले सेवा ६ घण्टा अवरुद्ध हुने जानकारी दिएको छ । 

सिडिएससीको सूचना अनुसार सेवा आज (आइतबार) साँझ ५ः३० बजेदेखि करिब ६ घण्टा अवरुद्ध हुनेछ ।

मेरो सेयर तथा सि-आस्बा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन तथा माइग्रेसनसम्बन्धी काम गर्नुपर्ने भएकाले करिब ६ घण्टा मेरो सेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने सिडिएससीले जनाएको छ । 

अपग्रेडेसन र माइग्रेसनको काम सकिएपछि सम्पूर्ण सेवाहरु पूर्ववत् रुपमा सञ्चालन हुने सिडिएससीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK