×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकाका सबै बैंक बन्द ! दोष ट्राफिक प्रहरीलाई तर भित्री कारण यस्तो !

PRIME CA
GLOBAL IME BANK

काठमाडौं उपत्यकाका सबै बैंक बन्द ! दोष ट्राफिक प्रहरीलाई तर भित्री कारण यस्तो !

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकर्स संघले उपत्यकाका सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बुधबार रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिपछि ट्राफिक प्रहरीले बैंकका कर्मचारीलाईसमेत रोकर दु:ख दिएको भन्दै संघले सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको हो ।
यता ट्राफिक प्रहरीले भने बैंकहरुमा थुप्रै कोरोना संक्रमित भएकाले त्यसको अपजस आउने हुँदा कर्मचारीलाई रोकिएको जनाएको छ । साथै ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेका कारण बैंकका कर्मचारीमा मनोबैज्ञानिक असर परेको छ। यस्तै ग्राहकपनि निषेधाज्ञाका कारण बैंकमा नआउने पक्का छ । 
नेपाल राष्ट्र बैंक र बैंकर्स संघबीच उपत्यकामा प्रत्येक वाणिज्य बैंकहरुले ८ वटा शाखा खोल्ने सहमति भएको थियो । जसअनुसार काठमाडौंमा ५ वटा, भक्तपुरमा एक वटा र ललितपुरमा २ वटा शाखा खोल्ने निर्णय भएको थियो । बैंकहरुले एक तिहाई कर्मचारीबाट सिमित बैंकिङ सेवा दिने निर्णय भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: