×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपिओमा कडाइ गर्दै धितोपत्र बोर्ड, एक आर्थिक वर्षको सञ्चालन आम्दानी चुक्तापूँजी भन्दा बढी हुनुपर्ने नियम ल्याइँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइपिओमा कडाइ गर्दै धितोपत्र बोर्ड, एक आर्थिक वर्षको सञ्चालन आम्दानी चुक्तापूँजी भन्दा बढी हुनुपर्ने नियम ल्याइँदै !

Artha Sarokar

९ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइपिओ निष्कासनमा कडाइ गर्ने तयारी गरेको छ । जस्तो पायो त्यस्तै कम्पनीले आइपिओ जारी गर्ने प्रवृत्ति बढेपछि बोर्डले आइपिओमा कडाइ गर्ने तयारी गरेको हो ।

बोर्डका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइपिओका विषयमा चौतर्फी चासो बढेपछि बोर्डले आइपिओ निष्कासनमा कडाइ गर्ने तयारी गरेको हो ।

ती अधिकारीका अनुसार बोर्डले आइपिओ जारी गर्न चाहने कम्पनीले पछिल्लो आर्थिक वर्षको सञ्चालन आम्दानी चुक्तापूँजी भन्दा बढी हुनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।

‘आइपिओमा कडाइ गर्ने तयारी बोर्डको छ ।’, ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘आइपिओ जारी गर्न चाहने कम्पनीको एक आर्थिक वर्षको सञ्चालन आम्दानी चुक्तापुँजी भन्दा बढी हुनुपर्ने नियम ल्याउने तयारी अघि बढेको छ ।’

उक्त नियम ल्याउनका लागि बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संसोधनको प्रक्रिया अघि बढाउने तयारी थालिसकेको छ । यसले जस्तो पायो त्यस्तै कम्पनीले आइपिओ जारी गर्ने र लगानीकर्ता फस्ने प्रवृत्तिको अन्त्य हुने विश्वास गरिएको छ । अर्कोतर्फ यस्तो व्यवस्थाले बजारलाई थप पारदर्शी बनाउने पनि बोर्डले अपेक्षा गरेको छ ।

यो नियम बन्यो र कार्यान्वयनमा आयो भने प्रि आइपिओका नाममा हुने ‘लुट’को पनि अन्त्य हुने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी