×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लमजुङमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लमजुङ । लमजुङमा कार्यरत जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । कन्ट्रयाक ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीको बुधबार रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ । संक्रमित हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका २२ बर्षीय पुरुष, धादिङको गंगाजमुना गाउँपालिकाका ३२ बर्षीय पुरुष र नवलपरासी कावासोती नगरपालिकाका ३२ बर्षीय पुरुष रहेका छन् ।
संक्रमित हुनेमा २ जना सिपाही र १ जना हवल्दार छन् । प्रहरीमै कोरोना संक्रमण देखिएपछि नागरिक त्रसित भएका छन् । हालसम्म लमजुङमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ सय ११ जना कोरोना निको घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी