×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थाको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज असार ११ गतेदेखि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री खुला भएको हो । जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यता सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गते आवेदन दिन सकिनेछ भने न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी