Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भन्यो – ‘एटिएममा प्रशस्त रकम राखी निगरानीको व्यवस्था मिलाउनू’

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएममा प्रशस्त रकम राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा नरोक्न, एटिएम मेसिनमा प्रशस्त रकम राख्न निर्देशन दिएको हो । साथै राष्ट्र बैंकले एटिएम मेसिनको निगरानीको व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्था हरुलाई सुचनामार्फत भनेको छ ।  
बैंकहरुलाई अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनिएको छ । साथै सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो गरी न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर नगद भुक्तानी तथा जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङजस्ता सेवा सुरु गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै बैंकहरूले खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK