काठमाडौँ । सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल बढी भ्रष्टाचार हुने देशमा पर्ने र नेपालमा अभिव्यक्ति स्वतन्त्रता पनि नभएको भन्दै नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता प्रक्रियामा नआउने जवाफ पठाएको छ । अभिव्यक्ति स्वतन्त्रताको ‘ग्यारेन्टी’ नभएसम्म नेपालमा दर्ता हुन नआउने पनि एक्सले प्रष्ट पारेको छ ।
‘नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ, त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति छैन ।’ एक्सले भनेको छ ।
संचार मन्त्रालयका अधिकारीले पनि एक्सले दर्ता हुन नआउने जानकारीसहितको पत्र पठाएको पुष्टी गरेका छन् ।