
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको विराटनगरस्थित प्रदेश कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी बैंकका एक इन्चार्जलाई घर पुर्याउन दमक गएका थिए । सोहि क्रममा उनलाई बिर्तामोड शाखाकै कर्मचारी हो भनी नाम तिपाएर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
विराटनगर घर भएका एकजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको छ । बिर्तामोडमा बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो।
उनी बैंकको बिराटनगरस्थित प्रदेश कार्यालयमा सवारी चलाकका रुपमा कार्यरत छन् । उनी बैंकको कामको सिलसिलामा बैंकका कर्मचारी बोकेर हिड्ने हुनाले बैंकका अन्य कर्मचारीलाई पनि क्वारेन्टाइन पठाईएको छ।
हाल संक्रमित अवस्था सामान्य रहेको छ । हाल बैंकको प्रादेशिक कार्यालय सिल गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्