काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले जवर्जस्ती बन्द गरिदिएका सामाजिक संजाल निर्वाद संचालनमा आएका छन् । जेनजीहरुको आन्दोलनमा १९ जना ‘सहिद’ भएपछि ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाएपछि अन्तत: सामाजिक संजालहरु निर्वाद चल्न थालेका हुन् ।
अव योसँगै सरकारले भन्दै आएको दर्ता र सूचीकरणको च्याप्टर क्लोज भएको देखिएको छ । एक्स जस्ता सामाजिक संजालले बढी भ्रष्टचार हुने मुलुकमा आफुहरु दर्ता हुन नआउने भएपछि सरकार सामाजिक संजाल दर्ता र सूचीकरणमा लाचार भएको छ ।
‘भ्रष्टाचार बढी हुने देशमा दर्ता गर्न आउँदैनौं भनेपछि कि भ्रष्टाचार अन्त्य गर्नुपर्यो, कि सामाजिक संजाल खुल्नुपर्यो ।’ सामाजिक संजालमा विज्ञहरुले भनेका छन्, ‘ठुला सामाजिक संजाल दर्ता र सूचीकरणमा आउँदैनन् भन्ने प्रष्ट भएपछि सरकारको थोरै भए पनि आँखा खुल्यो । अव यो सरकारको अन्त्य सामाजिक संजालबाटै गर्नुपर्छ ।’