काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखा लुटपाटका प्रत्यक्षदर्शीले बैंकबाट करोडौं रुपैयाँ लुटिएको बताएका छन् । उनीहरुले बैंकबाट पैसासहित सुन पनि लुटपाट भएको बताएका छन् ।
प्रत्यक्षदर्शी मध्येका एकले आफुसहित केहि मिलेर अरु केहिले लुटेको पैसा खोसेर राखेको तर सेनालाई जिम्मा लगाउन नपाउँदै सो सुन र पैसा लुटिएको बताएका छन् । आज विहान अर्थ सरोकारको सम्पर्कमा आएका ती प्रत्यक्षदर्शीले बैंकबाट थुप्रै पैसा लुटिएकोसमेत बताएका छन् ।
‘थुप्रै पैसा लुटिएको छ । हामीले केहि सुन र पैसा उनीहरुबाट खोसेर सेनालाई जिम्मा लगाउन भनेर राखेका थियौँ । तर त्यो पैसा पनि लुटियो, सुन पनि लुटियो ।’ अर्थ सरोकारसँग उनले भने ।
सेनाले लुटपाटमा संलग्न केहिलाई पक्राउ गरिसकेको छ । बैंकले यस विषयमा आधिकारिक रुपमा केहि बोलेको छैन भने क्षतिको विवरण पनि आईसकेको छैन ।