काठमाडौं। जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । देशभर चर्किएको प्रदर्शनमा हालसम्म ५१ जनाले ज्यान गुमाएका हुन् ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मरिएका थिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।