काठमाडौँ । जेनजी आन्दोलनका क्रममा माछापुच्छ्रे बैंकको एटिएम नै उखालेर लगेको खुलासा भएको छ । तर, सो भित्र रहेको १८ लाख रुपैयाँ भने प्रदर्शनकारीले निकाल्न नसकेको पाइएको छ ।
चितवन भरतपुर महानगरपालिका-१० स्थित मालपोत कार्यालय परिसर भित्र रहेको एटिएम मेसिन प्रदर्शनकारीले उखालेर केहि पर लगेर छोडेका थिए । बाहिर आगजनी गरे पनि भित्र भने १८ लाख ७९ हजार रुपैयाँ रहेको पाइएको हो । प्रहरीको सहयोगमा भेटिएको सो एटिएम मेशिनमा भित्र रहेको १८ लाख रुपैयाँ सुरक्षित रहेको प्रहरीले पुष्टी गरेको छ ।
सो रकमलाई स्थानीय प्रतिनिधिको रोहबरमा बैंकका प्रतिनिधिहरुलाई बुझाइएको छ ।