Skip to content
LAXMI SUNRISE BANK

आजै राती नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने पक्का, संसद विघठन, ‘भ्रष्टाचारीलाई धक्का’

अर्थ सरोकार

काठमाडौं । राजनीतिक दलहरूबीचको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने निर्णय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्।

यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतल निवासमा पुगेर नयाँ सरकार गठनबारे छलफल गरेका थिए। प्रारम्भमा संसद् विघटनबारे मतभेद रहे पनि अन्ततः संविधान विघटन गर्ने विषयमा पनि सहमति जुटेको हो।

भदौ २२ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए।

धेरैले संसद विघठन र सुशिला कार्कीको नेतृत्वलाई ‘भ्रष्टाचारीलाई धक्का’को रुपमा अर्थ्याएका छन् ।
अव नेपाली विद्यार्थीहरुलाई सामाजिक शिक्षा अन्तर्गत पाठ्यक्रममै नेपालको पहिलो प्रधानमन्त्री सुशिला कार्की भनेर पढाईनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK