काठमाडौँ । जेनजी आन्दोलनका कारण सरकारी कर्मचारीको तलब नरोकिने भएको छ ।
आन्दोलनका कारण सरकारी कार्यालयहरुमा ठूलो क्षति पुगे पनि सरकारी कर्मचारीको तलब नरोकिने अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
‘आन्दोलनका कारण सरकारी कार्यालयमा ठूलो क्षति हुँदा कर्मचारीको तलब रोकिन्छ कि भन्ने थियो धेरैलाई । तर त्यसो हुँदैन ।’, ती अधिकारीले भने, ‘सरकारी कर्मचारीको तलब समयमै आउँछ ।’