काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्ने शिक्षकलाई बर्खास्त गरिएको छ ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेको भन्दै कालिका मानवज्ञान विद्यालयले शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरेको हो ।
उनलाई भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट गरेको भन्दै बर्खास्त गरिएको विद्यालयले जनाएको छ । उनलाई शिक्षक पदबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।